०८ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण ०२, २०७७

काठमाडौं – झण्डै २ लाख रुपैयाँ स्रोत नखुलेको (घुस लिएको) रकमसहित रोल्पामा कार्यरत सरकारी कर्मचारी समेत गरी ४ जना पक्राउ परेका छन् ।

सडक पूर्वाधार विकास कार्यालय रोल्पाका निमित्त कार्यालय प्रमुख नविन श्रेष्ठसहित ४ जना घुस रकमसहित पक्राउ परेका हुन् ।घुस लिएको रकम बोकेर रोल्पाबाट बुटवल तर्फ जाँदै गरेको अवस्थामा अख्तियार दूरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।अख्तियारको टोलीले निमित्त कार्यालय प्रमुख नविन श्रेष्ठ, इन्जिनियर निर्मल पन्त, सव-इन्जिनियर प्रेमकुमार बराल र सवारी चालक मानसिंह पुन मगर समेतलाई स्रोत नखुलेको नगद १ लाख ९० हजार रुपैयाँ सहित पक्राउ गरेको हो ।बागमती प्रदेश ०१-००२ झ ५३१८ नम्बरको गाडीमा बुटवलतर्फ आउँदै गरेको अवस्थामा उनीहरुलाई रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १० स्थित पूर्व-पश्चिम लोकमार्गको कोठी वनबाट नियन्त्रणमा लिएको हो ।

घुस रकम सहित बिहीबार पक्राउ परेका चारै जनाविरुद्ध थप अनुसन्धान भइरहेको अख्तियार दूरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कर्लयाका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]