१२ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण ०२, २०७७
Sorry No Photo is selected hare

काठमाडौं – भारतका पूर्व विदेश सचिव श्याम शरणले नेपालसँग चीनले कम्युनिष्ट पार्टीको परिवारसँग जस्तो गरी व्यवहार गरेको बताएका छन् ।

नेपालका लागि पूर्व भारतीय राजदूतसमेत रहेका शरणले नेपालमा बढ्दो चिनियाँ कम्युनिष्ट पार्टीको गतिविधिलाई भारतले होसियारीपूर्वक हेर्नुपर्नेसमेत बताए ।भारतको दि प्रिन्ट अनलाइनसँगको एक भिडियो अन्तर्वार्तामा श्याम शरणले भने,‘नेपालको राजनीतिक घट्नाक्रममा हस्तक्षेप गर्न चीनले नेपालमा पार्टीको डेलिगेसन पठायो । उनीहरुले नेपालसँग कम्युनिष्ट पार्टीको परिवारसँग डिल गरेजस्तो कम्युनिष्ट पार्टीको लियाजन विभागबाट एक टिम नेपाल पठाए ।’तर यस विषयमा कसैको ध्यान नपुगेको उनको भनाइ थियो । शरणले चीनले नेपालसँग राज्य–राज्यको बीचमाजस्तो व्यवहार गर्नुपर्ने बताए ।उनले अगाडि भनेका छन,‘पहिलोपटक स्पष्ट रुपमा हामीले के देख्यौं भने चीनले केही हदसम्म यसरी प्रोजेक्ट गर्न खोज्यो कि सम्बन्ध पार्टी र पार्टीको बीचमा रहेको छ जुन वास्तवमा राम्रो संकेत होइन ।’शरणले अन्य मुलुकसँग राज्य– राज्य तहमा सामान्य सम्बन्ध कायम राख्न चाहने चीनले नेपालमा त्यो भन्दा फरक सम्बन्ध रहेको देखाउन खोजेको र त्यसलाई भारतले नजिकबाट हेर्नुपर्ने समेत बताए ।उनले नेपालको पछिल्लो राजनीतिक अवस्था एकदमै तरल रहेको र भारतको नीति केही दुविधामा रहेको समेत बताए ।

शरणले नेपालमा पछिल्लो समय राजतन्त्रवादी र हिन्दुवादीहरुले आफ्नो गतिविधि बढाएको समेत उल्लेख गरे । उनले भनेका छन्,‘राजतन्त्र पक्षधरको भावनामा पछिल्लो समयमा केही वृद्धि भएको छ , केही समय अगाडि राजतन्त्र फर्काउन काठमाडौंमा ठूला प्रर्दशनहरु भएका थिए ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]