२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण ०२, २०७७

वीरगन्ज — कान्तिपुर दैनिकका सुदूरपश्चिम ब्युरो संयोजक चित्रांग थापा गोतामे पत्रकारिता स्वर्ण पदकबाट सम्मानित भएका छन् । पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठान वीरगन्जद्वारा आइतबार आयोजित कार्यक्रममा थापालाई एक तोला सुनबराबरको स्वर्ण पदक प्रदान गरिएको हो ।

तीन दशकदेखि मोफसलमा बसेर सामुदायिक पत्रकारितामार्फत सुदूरपश्चिमका समाचारलाई केन्द्रसम्म पुर्‍याउन योगदान पुर्‍याएबापत थापालाई स्वर्ण पदकबाट सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ ।२०६८ सालमा स्थापित प्रतिष्ठानले पहिलो वर्ष मकवानपुरका पत्रकार प्रताप विष्टलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरेको थियो । प्रतिष्ठानले १० हजार रुपैयाँबाट सुरु गरेको पुरस्कार १५ हजार, आधा तोला सुन हुँदै पछिल्लो ३ वर्षयता एक तोला सुनबराबरको स्वर्ण पदकसम्म पुर्‍याइएको हो ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष जगदीश शर्मा, स्व.गोपालचन्द्र गौतमकी पत्नी सुधा गौतम, वरिष्ठ उद्योगपति मुरलीधर रुंगटाले थापालाई स्वर्ण पदक प्रदान गरेका थिए । कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष चन्द्रकिशोरले मोफसलमा बसेर पत्रकारिता गरेका स्व. गोपालचन्द्र गौतम देशभर प्रख्यात रहेको सुनाए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]