०६ आषाढ २०८१, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण ०२, २०७७

मुम्बई – अभिनेता सलमान खानले आफू शाहरूखको चलचित्र ‘पठान’ मा देखिने खबर पुष्टि गरेका छन् । लामो समयदेखि यसबारे चर्चा चले पनि सलमान यसबारे बोलिरहेका थिएनन् । अन्ततः उनले शनिबार यो खबर सत्य भएको र आफू शाहरूखको चलचित्रमा केमियो भूमिकामा देखिन लागेको जानकारी दिएका हुन् ।

बिग बोसको १४ को शनिबारको विकेन्डका वार एपिसोडमा सलमानले यसबारे बताएका हुन् । यसको छायांकन सकिएलगत्तै पठानको छायांकनमा जाने तयारी पनि सलमानले सुनाए । “जीवन चलिरहन्छ, शो पनि चलिरहन्छ ! यो शो सकिएसँगै हामी पठानको काम सुरु गर्छौं, त्यसपछि टाइगर ३, अनि कभी इद कभी दिवाली । १८ महिनापछि बिग बोस १५ फेरि फर्कनेछ ।”सलमानले बिग बोस १५ सुरु हुने समयसम्ममा यी तीनैवटा चलचित्रको काम सक्नुपर्नेछ । पठानको एक्सन सिनका लागि सलमान यूएई जानेछन् । यो सिनमा सलमानलगायत शाहरूख, जोन अब्राहम र दीपिका पादुकोण पनि देखिनेछन् ।त्यहाँ बुर्ज खलिफाको भित्र टपमा र त्यसको वरिपरि यी बलिउड स्टारहरू एकैसाथ देखिनेछन् । सलमानले पठानका लागि १२ दिन दिनेछन् ।

यसका साथै ‘पठान’ मा टाइगरका रुपमा स्पेसल इन्ट्रीको सिन पनि हुनेछ । यसका लागि सलमानलाई अग्रिम पारिश्रमिक दिइसकेको बलिउड हंगामाले उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]