
शिवम सिमेन्ट्सले मकवानपुर जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।
कम्पनीले उद्योग सञ्चालनमा रहेको क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उद्योग तथा खानी क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो । श्री त्रिभुवन माध्यमिक विद्यालय हटिया, कोलखोप प्राथमिक विद्यालय बकैया तथा रुपनारायण माध्यमिक विद्यालय बुढिचौरमा अध्ययनरत ५०० भन्दा बढी विद्यार्थीहरुको लागि स्वीटर तथा ट्रयाकसुट वितरण गरेको हो ।
शिवम् सिमेन्ट्सले विगतमा पनि सामाजिक उत्तरदायित्वअन्र्तगत स्वास्थ्य शिविर, विपन्न परिवारको लागि खाद्यान्न वितरणलगायत विभिन्न सहयोग गर्दै आएको दावी गरेको छ ।