१३ बैशाख २०८२, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण ०२, २०७७

बुटवल – प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी केवलकारको शिलान्याश गरेका छन् ।

शनिबार बुटबलमा केवलकारको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सरकारले विकासका कामलाई द्रूत गतिमा अगाडि बढाउन सरकारको तर्फबाट पूर्ण सहयोग हुने प्रतिवद्धता जनाए आयोजना निर्माणकर्ताहरुले एकवर्ष भित्र निर्माण सक्ने प्रतिवद्धता जनाएकोमा प्रसंशा गर्दै उनले आयोजना बनाउने क्रममा बाटोमा परेका रुख कटानको समस्यालाई सरकारले समयमै निकास दिने आश्वान दिए । उनले बुटवलको जनसंख्या, भारतको उत्तरप्रदेश एवम् लुम्बिनी आउने विदेशी पर्यटकका माझ केबलकार लोकप्रिय बन्ने विश्वास व्यक्त गरे । उनले लुम्बिनी र कपिलवस्तु ज्ञानमूभि, ध्यान भूमि र तपोभूमि रहेको भन्दै यसको धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्वलाई पनि सघाउ पुु¥याउने अपेक्षा गरे ।

अर्थमन्त्री विष्णु पौडेलले बुटवलमा विकास निर्माणका कामले गति लिदै गएको उल्लेख गर्दै लुम्बिनी केबलकार रोलमोडल बन्न सकोस् भन्ने शुभकामना दिए ।
लुम्बिनी केबलकार प्रालिका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले राज्य र निजी क्षेत्र साझेदारीको उत्कृष्ट नमूना मलेसियालाई लिन सकिने भन्दै राज्यले निजी क्षेत्रलाई सहजीकरण गरेर लगानीको वातावरण बनाउने वातावरण मिलाउन आग्रह गरे । लगानी वृद्धिसँगै सिर्जित रोजगारी, कर तथा राजस्व संकलन र अन्य भौतिक पूर्वाधारको निर्माणबाट राज्यले पर्याप्त फाइदा लिन सक्ने उनले बताए ।नेपाल उद्योग वाणिज्य महासंंघका वरष्ठ उपाध्यक्षसमेत रहेका ढकालले राज्य–निजी क्षेत्र साझेदारिताको नीतिलाई ठोसरुपमा व्यवहारमा उतार्न सके लगानीको वातावरण बन्ने र त्यसले छोटो समयमा विकासको राष्ट्रिय लक्ष्य प्राप्त गर्न सहयोग पु-याउने विश्वास व्यक्त गरे ।

लुम्बिनी केबलकार प्रालिद्वारा बुटबल उपमहानगरपालिका ३ गोलपार्क, बमघाटमा निर्माण गरिने केबलकार बमघाटबाट माथि बसन्तपुर डाँडासम्म पुग्नेछ । तीन किलोमिटर लामो केबलकारको यात्रापछि पुगिने बसन्तपुर डाँडामा सुविधासम्पन्न होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरु निर्माण हुनेछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]