२२ कार्तिक २०८१, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण ०२, २०७७

दोलखा – नेपाल सरकारका सञ्चारमन्त्री एवं प्रवक्ता पार्वत गुरुङले दोलखा सदरमुकाम चरीकोमा जिल्ला समन्वय समितिद्वारा आयोजित कार्यक्रममा स्मार्ट दोलखा निर्माण अभियान सुरु गरेका छन् ।

डिजिटल नेपाल फ्रेमवर्कअन्तर्गत देशका ७७ वटै जिल्लामध्ये पहिलो पटक गृहजिल्ला दोलखाबाट मन्त्री गुरुङले यो अभियान सुरु गरेका हुन् । कार्यक्रममा अप्टिकल फाइबर बिछ्याइएको टेलिफोनबाट दोलखाका प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद शिवाकोटीलाई फोन गरेर शान्ति-सुरक्षाको अवस्था र निर्वाचनको तयारीका सन्दर्भमा भनेर मन्त्री गुरुङले सोधेका थिए । राज्यले दिने सेवा-सुविद्या जनतामा छिट-छरितो पुर्‍याउन, भ्रष्टाचार नियन्त्रण गर्न सरकारले डिजिटल नेपाल बनाउने अभियान सुरु गरेको मन्त्री गुरुङले बताए ।

स्मार्ट नेपालको अभियानमा स्मार्ट दोलखा पहिलो खुड्किलो भएको उनको दाबी छ । दोलखालीले मत दिएर विजय गराएकाले गृहजिल्लाबाटै अभियान सुरु गरिएको उनले बताए ।‘समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानको अभिन्न अंग नै डिजिटल नेपाल फ्रेमवर्कको स्मार्ट नेपाल हो’, मन्त्री गुरुङले भने । मन्त्री गुरुङले भीमेश्वर नगरपालिकाको वडा नम्बर ६ का वडाध्यक्ष नवीन लामालाई डिजिटल प्राविधि हस्तान्तरण गरी अभियान सुरु गरेका थिए ।पहिलो चरणमा दोलखाका १ सय ३६ वटा माध्यमिक तथा आधारभूत विद्यालयलाई इन्टर सेवा, डिजिटल ल्याब, स्मार्ट बोर्ड, स्मार्ट टेलिभिजन व्यवस्था गरिने उनले जानकारी दिए ।

दोलखाका सम्पूर्ण ग्रामीण क्षेत्रमा अप्टिकल फाइबर बिछ्याउने, वायरलेस सेवा, भीस्याट सेवा पुर्‍याउने अभियान अगाडि बढिरहेको मन्त्री गुरुले बताए देशभरिका सबै वडामा, सबै विद्यालयमा, सबै स्वास्थ्य संस्थामा यो सेवा उपलब्ध गराई स्मार्ट नेपाल, डिजिटल नेपाल बनाउने सरकारले निर्णय गरिसकेको मन्त्री गुरुङको भनाइ छ ।‘हरेक पालिकाका महत्त्वपूर्ण स्थलमा फ्रि वाईफाई बनाउने सरकारको नीतिलाई स्मार्ट नेपाल, डिजिटल नेपाल बनाउने अभियानले पूर्ण रूपमा साथ दिनेछ’, मन्त्री गुरुङले भने ।

मन्त्री गुरुङका साथ मन्त्रालयका सचिवदेखि नासुसम्मका कर्मचारी लिएर गृहजिल्ला आएका मन्त्री गुरुङले फागुनभित्र स्मार्ट दोलखा निर्माण गरिसक्ने प्रतिबद्धता जनाए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]