तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा रामप्रसाद चालिसे निर्वाचित भएका छन्।
आइतबार बिहान प्राप्त मत परिणाम अनुसार चालिसेले ८ सय २९ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्दी टेकनप्रसाद बस्नेत (हिमाल) ले ७ सय ९५ मत पाएका थिए।चालिसेलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अन्तर्गत बामपन्थी प्यानलले उम्मेदवार बनाएको थियो भने बस्नेतलाई नेपाली कांग्रेस निटक प्रजातान्त्रिक प्यानलले उम्मेदवार बनाएको थियो। त्यस्तै उपाध्यक्षमा कांग्रेस निकट प्रजातान्त्रिक प्यानलका ललित जंग शाह विजयी भए। शाहले ८ सय ६० र उनका प्रतिद्धन्दी यज्ञबहादुर केसीले ७ सय १८ मत प्राप्त गरेका थिए।
वाणिज्य उपाध्यक्षमा बापमन्थी प्यानलका मिनराज भण्डारी ९ सय ७१ र प्रतिद्धन्दी प्रजातान्त्रिक प्यानलका गोकर्ण गिरीले ६ सय ३ मत प्राप्त गरेका छन्।त्यस्तै खुल्ला उपाध्यक्षमा बामपन्थी प्यानलकै रूपबहादुर खत्री ८ सय ५६ मत प्राप्त गरि विजयी भएका छन् भने उनका प्रतिपर्धी प्रजातान्त्रिक प्यानलका तुलसीराम न्यौंपानेले ६ सय ९२ मत प्राप्त गरे। खत्री यसअघि संघको महासचिव थिए। निर्वाचन समितिका अनुसार महासचिवमा प्रजातान्त्रिक प्यानलका बिनिल केसी लोकप्रिय मत प्राप्त गरि निर्वाचित भए। यसअघिका सचिव केसीले १ हजार ५० मत प्राप्त गरेका छन्। उनका प्रतिद्धन्दी केशब केसीले ५ सय ७ मत प्राप्त गरे।
त्यस्तै संघको सचिवमा खुशलराम शर्मा निर्वाचित भए। यो पदमा चार जना बीचमा प्रतिपर्धा भएको थियो। निर्वाचित शर्माले ६ सय २२ मत प्राप्त गरेका थिए। अन्य प्रतिपर्धी मध्ये बेदप्रसाद वलीले ३ सय २७, सपना बस्नेतले ३ सय १३ र दूर्गाप्रसाद भण्डारीले १ सय ६१ मत प्राप्त गरेका थिए। त्यस्तै कोषाध्यक्षमा नेपाली कांग्रेसकै भए पछि स्वतन्त्र उम्मेदवारी दिएका देबबहादुर केसी सर्वाधिक लोकप्रिय मत ल्याएर निर्वाचित भए। उनले १ हजार ५५ मत प्राप्त गरेका थिए। उनका प्रतिपर्धी प्रजातान्त्रिक प्यानलका डिलबहादुर वलीले ४ सय ६८ मत मात्र पाए।पदाधिकारी मध्ये सहकोषाध्यक्षमा प्रजातान्त्रिक प्यानलका कमल गौतम ७ सय ३३ मत प्राप्त गरि निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्दी टेकप्रसाद केसी ५ सय ३२ र उम्मेदवारी फिर्ता लिए पनि प्रजातान्त्रिक प्यानका हेमेन्द्र खड्काले २ सय मत प्राप्त गरेको निर्वाचन संयोजक प्रबिण लम्सालले जानकारी दिए।
अबको केही बेरमै सदस्यहरुको नतिजा पनि सार्वजनिक हुने छ । कुल १ हजार ८ सय ११ मतदाता मध्ये १ हजार ६ सय ५९ मत खेसेको थियो। उबाघको नयाँ नेतृत्व चुन्न शनिबार मतदान भएको थियो। १७ पदका लागि ४१ जना प्रतिपर्धामा उत्रिएका थिए । जसमध्य २ जना सदस्य भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।