२२ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, कार्तिक ०२, २०७७

सप्तरी- सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले ह्याप्पी लर्निङ प्याक सबैको लागि उपलब्ध गराएको छ ।

यसअघि कम्पनीले कोभिड १९ को महामारीको समयमा विद्यार्थीहरुको पठनपाठनमा सघाउ पुर्‍याउने उद्देश्यका साथ यो नयाँ प्याक ल्याएको थियो ।विद्यालय र विश्वविद्यालयको अनलाइन पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ सस्तो मूल्यमा कम्पनीले यो प्याकेज उपलब्ध गराएको थियो । यसअन्तर्गत ३१५ रुपैयाँमा २४ जीबी र ५०० रुपैयाँमा ३५ जीबी डेटा उपलब्ध हुने टेलिकमले जनाएको छ ।२४ जीबी डेटामध्ये २० जीबी डेटा जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ईलर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ४ जीबी डेटा अन्य कुनैपनि एप्लिकेसनमा प्रयोग गर्न सकिनेछ ।

यसैगरी ३५ जीबीको अर्को प्याकेजमा ३० जीबी डेटा जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ईलर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ५ जीबी डेटा अन्य कुनैपनि एप्लिकेसनमा उपयोग गर्न सकिने गरी टेलिकमले यो प्याक उपलब्ध गराएको थियो ।तर, अब भने यो प्याक सबैले प्रयोग गर्न सकिनेछ । यसअघि यो प्याक लिन स्कुल कलेजबाट ईमेल वा वेबसाइटमा रजिस्ट्रेशन गर्नु पर्ने छैन।

तर अब भने कलेजबाट ईमेल वा वेबसाइटमा रजिस्ट्रेशन लगायतका कुनै प्रक्रिया अपनाउनु नपर्ने टेलिकमले जनाएको छ । योसँगै टेलिकमका प्रयोगकर्ताले सस्तो मूल्यमा यो प्याक प्रयोग गर्न पाउने भएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]