३० जेठ २०८१, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण ०२, २०७७

कोरिया – नेकपाको प्रचण्ड–माधव समुहनिकट प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरियाले कोरियाको बुसान शहरमा प्रतिगमनबिरुद्ध बिरोध कार्यक्रम आयोजना गरेको छ । फागुन १ गतेका दिन बुसान क्षेत्रले २६ औँ ऐतिहासिक जनयुद्द दिवसको उपलक्ष्य पारेर शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रम आयोजना गरेको थियो ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका निमित्त शाहादत दिने वीर शहीदहरुको सम्झना गर्दै शुरु भएको कार्यक्रम प्रतिगमनका बिरुद्ध र्याली निकालेर समापन भएको थियो ।कार्यक्रमका सम्पूर्ण वक्ताहरुले जनयुद्धको जगमा स्थापित भएको पछिल्ला सम्पूर्ण राजनीतिक उपलब्धीहरुलाई हर हालतमा रक्षा गर्नु पर्ने धारणा राखेका थिए । गणतन्त्रका बिरोधिहरुले पूर्ण स्थापित भैनसकेको व्यवस्था नै मास्न खोजेकाले जुनसुकै मूल्य चुकाएर भए पनि आजका युवाहरुले यो व्यवस्था जोगाउन लाग्नु पर्ने सबैको साझा धारणा रहेको थियो ।कार्यक्रममा संगठनका केन्द्रिय सदस्य तथा विभिन्न विभागका इन्चार्जसहित क्षेत्रीय कमिटीका सदस्यहरुको उपस्थित रहेको थियो ।

औपचारिक कार्यक्रम समापन पश्चात् नेपालीहरुको बाहुल्यता रहेको क्षेत्रमा कोरियाको नियम कानुनलाई मध्यनजर गर्दै असंवैधानिक कदमको बिरोधमा ब्यानर सहितबिरोध र्याली निकालिएको संगठनको अनुशासन विभाग संयोजक सन्तोष बरालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]