काठमाडौं – गए राति इटालियन सिरी ‘ए’अन्तर्गत भएको खेलमा युभेन्टस पराजित भएको छ ।
निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा युभेन्टस घरेलु टोली नेपोलीसँग १–० गोलले पराजित भएको हो । उक्त खेलमा नेपोलीका लोरेन्जो इन्सिग्नेले गोल गरे । खेलको ३१औं मिनेटमा उनले गरेको गोल नै निर्णयक बन्यो । उनले पहिलो हाफमा पेनाल्टीमार्फत गरेका हुन् । त्यसपछि दुवै टिमले मौका पाउदा पनि गोल हुन सकेन ।
जितसँगै नेपोली २१ खेलमा ४० अंक जोड्दै चौथो स्थानमा र पराजित भएको युभेन्टस ४२ अंकसहित तेस्रो स्थानमा रहेको छ ।