०२ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण ०१, २०७७

विभिन्न २५ बुँदे माग अघि सार्दै राष्ट्रिय दलित मुक्ति अभियान नेपाल तथा संयुक्त दलित संघर्ष समितिको अगुवाईमा अाज सप्तरीकाे सदरमुकाम राजविराजमा दलितहरुले बृहत प्रदर्शन तथा आमसभा गरेका छन् ।

पश्चिमको दैलेख तथा पूर्वमा सप्तरीबाट एकै साथ सुरु भएको अभिायनको राजविराजमा आयोजित कार्यक्रमको उद्घाटन अभियानका पूर्वी क्षेत्र संयोजक राजेश बिद्रोहीले गरेका छन । स्थानिय राजरंगशालामा आयोजित जनसभालाई सम्बोधन गर्दै बिद्रोहीले मुलुकमा विभिन्न सरकार र व्यवस्था परिवर्तन हुँदा पनि दलितहरुको अवस्थामा भने कुनै परिवर्तन नभएको भन्दै असन्तुष्टि व्यक्त गनुृ भयो । उहाँले , दलितलाई सबैले भोट बैंकको रुपमा मात्र प्रयोग गरे, यीनको पीडा कसैले बुझेनन् ।

मुलुकका विभिन्न भागमा हालै दलित समुदायमाथी भएका जघन्य अपराध तथा हत्या, हिंसा, बलात्कार, छुवाछुत, विभेद र दभंग लगायतका घटनामा संलग्न अपराधीहरुलाई कडा भन्दा कडा कारवाही हुनुपर्ने उनले माग समेत गरेका छन । प्रतिनिधिसभा विघटनको कदमलाई प्रतिगामी र फाँसीवादी कदमको संज्ञा दिएका उनले उक्त कदम बिरुद्ध पनि संघर्षमा उत्रन दलित समुदायसँग आग्रह गर्नु भयो । उक्त अवसरमा बितरित अपिल पत्रमा नागरिकता विहिन दलितहरुलाई अविलम्ब नागरिकताको व्यवस्था, दलितका लागि छुट्टै कानुनी व्यवस्था, पुस्तौदेखी बसोवास गर्दै आएका भूमिको लालपूर्जासहित हकभोगको व्यवस्था, जमिन, सम्पत्ति र पूँजीमाथी हदबन्दी, बाझो रहेका र हदभन्दा बढी रहेको सम्पत्ति जफत गरि गरिब, दलित समुदायमा बितरणको व्यवस्था लगायतको २५ बुँदे माग सारिएको छ । स्थानिय राजरंगशालामा आयोजित जनसभाको आयोजना अघि हजारौंको संख्यामा आएका दलित समुदायले विभिन्न नाराका साथ नगर परिक्रमा गरेका थिए ।

कार्यक्रममा पुरुषको तुलनामा महिलाको संख्या दोब्बर देखिएको थियो । अभियानका सप्तरी संयोजक प्रथमलाल रामको अध्यक्षतामा आयोजित जनसभालाई अभियानका अगुवा गंगा सदा, बद्री सदा, ललितादास बिद्रोही, मनोज राउत, भोला पासवान, चन्देश्वर दास, मित्र परियार, सियाराम पासवान, पूर्वसभासद् असर्फी सदालगायतले पनि सम्बोधन गर्दै प्रतिनिधिसभाको पुर्नस्थापना तथा वर्षौदेखी शोसित पीडित दलितको माग पुरा गराउन देशैभरबाट दबाब सृजना गर्न अभियान थालिएको र यसमा सरिक हुन आह्वान गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]