३१ जेठ २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण ०१, २०७७

नुवाकोट : दुर्घटनामा परेर रसुवामा कार्यरत एकजना प्रहरीको ज्यान गएको छ । कालिका गाउँपालिकास्थित एक खोलामा भएको मोटरसाइकल दुर्घटनामा अस्थाई प्रहरी चौकी ग्राङ रसुवामा कार्यरत प्रहरी जवान इन्द्रप्रसाद अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

अस्थाई प्रहरी पोस्ट ग्राङ फर्किने क्रममा प्रहरी जवान र प्रहरी हवल्दार चढेको मोटरसाइकल कालिका गाउँपालिका १ स्थित सेतीभुमे मावि नजिकै दुर्घटना भएको हो । प्रदेश ३–००१ प ३३७५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रहरी जवान अर्यालको उपचारको क्रममा नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा निधन भएको रसुवा प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा घाइते प्रहरी हवाल्दार नुवाकोट घर भएका राजेन्द्र लामाको उपचार भइरहेको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको छ । घाइते लामाको नेपाल प्रहरी अस्पताल काठमाडाँैमा उपचार भइरहेको डीएसपी पाण्डेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]