१४ बैशाख २०८२, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण ०१, २०७७

विराटनगर- सुनसरीको भोक्राहा गाउँपालिकाको वडा नम्बर २ मा बिउ उत्पादन तथा भण्डारण केन्द्र निर्माण हुने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत भोक्राहामा बन्न लागेको बिउ स्रोत केन्द्रको शिलान्यास गरिएको हो ।

जिल्ला समन्वय समिति सुनसरीका प्रमुख गोपाल राजभण्डारीले शिलान्यास गरेको बिउ स्रोत केन्द्र भवन ६१ लाख ९ सय ८२ रुपैयाँ लागतमा निर्माण गर्न लागिएको हो । स्थानीयको लागत सहभागितामा निर्माण गर्न लागिएको बिउ स्रोत केन्द्रको स्थापनापछि किसानलाई फाइदा हुनेछ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुनसरीका कार्यक्रम संयोजक दीपेन्द्र पोखरेलका अनुसार बिउ स्रोत केन्द्रले स्थानीय किसानको उत्पादन खरिद गरी उन्न्नत बीउ उत्पादन गर्नेछ । भण्डारण गरिएको किसानको उत्पादनलाई ग्रेडिङपछि उन्नत जातको बिउबिजनका रूपमा तयार पारेर बिक्री वितरण गर्ने योजनाअनुरूप संरचना निर्माण थालिएको पोखरेलले बताए ।

उत्पादनको हिसाबले उर्बर र किसानको बाक्लो बसोबास रहेको क्षेत्रलाई लक्षित गरी भोक्राहामा पूर्वाधार निर्माण थालिएको परियोजना कार्यालय सुनसरीले जनाएको छ । बन्न लागेको संरचनाका लागि गाउँपालिकाले थप सहयोग उपलब्ध गराउनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]