१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, कार्तिक ०२, २०७७

बलिउड नायिका कंगना रनावत् विरुद्ध अर्को एउटा मुद्दा दर्ता गरिएको छ । उनीमाथि बलिउडमा हिन्दु–मुश्लिमको नाममा फाटो ल्याएको आरोप लगाइएको छ । पिटिशनर साहिल अशरफ अली सैयदको निवेदनमा मुम्बइको बान्द्रा अदालतले प्रहरीलाई कंगनाविरुद्ध मुद्दा दर्ता गर्न आदेश दिएको थियो । उनकी बहिनी रंगोलीविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ । चार दिनअघि मात्रै कंगनाविरुद्ध तुमकुर (कर्नाटक) मा एफआईआर दर्ता भएको थियो । उनीमाथि किसानविरुद्ध अपमान गरेको आरोप लागेको थियो ।

ताजा मामिलामा पिटिशनरले के भने ?

साहिल अशरफ अली सैयदले आफ्नो अर्जीमा भने, ‘कंगना रनोट पछिल्लो केही महिनादेखि लगातार बलिउडको नेपोटिजम र फेभरेटिज्मको हब बताएर यसको अपमान गरिरहेकी छिन् । आफ्नो आधिकारिक ट्वीटर ह्यान्डलबाट ट्वीट गरेर र टिभी अन्तरवार्तामार्फत् उनी हिन्दू र मुस्लिम कलाकारबीच फाटो पारिरहेकी छिन् ।’

‘उनले असाध्यै आपत्तिजनक ट्वीट गरेकी छिन्, धार्मिक भावनालाई मात्रै होइन, इन्डष्ट्रिका थुप्रै साथीभाइको भावनामाथि पनि आहत गरेका छन् ।’ साहिलले प्रमाणको रुपमा कंगनाका थुप्रै ट्वीट अदालतसमक्ष पेश गरेका छन् ।’

प्रमाण भेटिए कंगनाको गिरफ्तारी हुनसक्छः

बान्द्राको मेट्रोपोलिटन मजिस्ट्रेट जयदेव वाय घुलेले कंगनाविरुद्ध एफआईआर दर्ता गरेर अनुसन्धानको आदेश दिएका छन् । कंगनासँग सोधपुछ गर्न सकिनेछ र यदि उनीविरुद्ध प्रमाण भेटिए, उनी पक्राउ पर्न सक्छिन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]