१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण ०१, २०७७

सप्तरी – गुल्मीबाट भारतको हरियाणमा रोजगारी गर्न पुगेका एक व्यक्तिको हत्या भएको भएको छ । फेब्रुअरी ९ मा मुसिकोट नगरपालिका वडा नम्वर ३ पेंगा खिल्ली निवासी अन्दाजी ४० वर्षीय रामबहादुर कुँवरको हरियाण राज्यको हिसार स्थित चिकेन हण्ड रेष्टुरेन्टमा हत्या भएको हो ।

मुसिकोट नगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष कर्णध्वज जिसीले उनको हत्या भएको तर विस्तृत कुरा बुझ्न बाँकी रहेको बताए । अर्का स्थानीयवासी भुवन जिसीले पनि कुँवरको हत्या भएको खबर प्राप्त भएको बताए ।

जिसीका अनुसार उनको घरमा १५ बर्षकी एक छोरी छन् । यस्तै मृतकका एक छोरा भारतमै रहेका छन । उनी दुई वर्ष अघि देखि भारत मै रोजगारीमा रहेका थिए । कुँवरलाईसँगै काम गर्ने साथीले हत्या गरेर फरार भएको भारतमा रहेको बताइएको छ ।

कुँवरको शवको पोष्टमार्टम गराइ उनका छोरा बिक्रम कुँवरलाई बुझाएर दाहसंस्कार गराइ सकिएको जनाईएको छ । घटनाको अनुसन्धान गरि हत्या अभियुक्तलाई कारबाही गर्न अखिल भारत एकता समाज, प्रवासी नेपाली संघ भारत, जनसम्पर्क समिति लगायका संघ संस्थाहरुले माग गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]