०८ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण ०१, २०७७

सप्तरी – प्रदेश २ सरकारले गत आर्थिक वर्षमा ३ सय ५६ किलोमिटर सडक निर्माण गरकेो दाबी गरेको छ । प्रदेश भौतिक पुर्वाधार विकास मन्त्रालयले वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै त्यती सडक निर्माण भएको बताएको हो ।

भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले आर्थिक वर्ष २०७६/०७७ ले वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै महामारीका बेलामा पनि पुर्वाधार निर्माणतर्फ सरकार सफल भएको बताए । उनले महामारीका कारण आशा गरे अनुरुप कार्य गर्न नसकेपनि उपलब्ध श्रोत साधनलाई समुचित प्रयोग गर्दै प्रदेशभित्र सडक निर्माण, सिँचाई, खानेपानी, भौतिक संरचना निर्माणलगायतको क्षेत्रमा उल्लेखनीय काम भएको बताए ।

मन्त्री सोनलले कोभिड महामारीको प्रकोपका बावजुद प्रदेश भित्र आर्थिक वर्ष २०७६/०७७मा कुल ३ सय ५६ किलोमिटर सडक निर्माण गरिएको बताए । जसमध्ये ५१ किलोमिटर कालोपत्रे सडक, ७५ किलोमिटर ढलान, १ सय ७० किलोमिटर ग्राभेल तथा ६० किलोमिटर नयाँ बाटो खोल्ने गरी निर्माण गरिएको उनको भनाइ थियो ।

प्रगति विवरण अनुसार सिँचाईतर्फ ५ हजार ४ सय ३० हेक्टर जग्गा सिंचित गर्नेगरी ८ वटै जिल्लामा मझौला सिँचाई योजना कार्यान्वयनमा ल्याइने बताए । मन्त्रालयको प्रगति विवरणमा गत आर्थिक वर्षमा प्रदेशभित्र २६ वटा धर्मशाला निर्माण, ८ वटै जिल्ल्लामा गरी ९ वटा दलित छात्रावास निर्माण, ८ वटा ज्येष्ठ नागरिक आवास निर्माण कार्य सम्पन्‍न भएको उल्लेख छ ।

संघ सरकारको सहयोगमा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयले संचालन गर्दै आएको जनता आवास कार्यक्रमअन्तर्गत गत २ आर्थिक वर्षमा २ हजार २ सय १ घर निर्माण कार्य सम्पन्‍नगरी हस्तान्तरण गरिसकिएको विवरणमा उल्लेख छ । चालु आर्थिक वर्ष जनता आवास कार्यक्रमअन्तर्गत ४ हजार ६ सय ५९ घर निर्माण कार्य सम्पन्‍न गर्ने लक्ष्य रहेको सोनलले बताए ।

कार्यक्रममा मन्त्री सोनलले फागुन महिना भित्रै प्रदेश परिवहन भनिएका यातायात सेवा संचालन गरिने जानकारी दिए । करीब चार महिना अगावै प्रदेश सरकारले प्रदेश परिवहनका लागि ५ वटा बस किनेर ल्याइसकेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]