१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण ०१, २०७७

सप्तरी – गरिमा विकास बैंकको १४ औं साधारणसभाबाट श्यामप्रसाद बस्याल अध्यक्षमा निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको साधारणसभाबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् । स्याङ्जाको गल्याङ नगरपालिका – ३ घर भएका बस्याल बैंकको स्थापनाकालदेखिनै संचालक समितिमा रहँदै आएका थिए । संस्थापक शेयरधनी समूहतर्फ ३ जना र सर्वसाधारण शेयरधनी समूहतर्फबाट ३ जना गरि बनेको ६ जनाको संचालक समितिको पहिलो बैठकले बस्याललाई अध्यक्ष निर्वाचित गरेको थियो ।

यसैगरी १४ औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी समूहतर्फ संचालकमा श्यामप्रसाद बस्याल, डा. आनन्द प्रसाद श्रेष्ठ र दिपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण शेयरधनी समुहतर्फबाट बिमल पाण्डे, संजिव ढकाल र सरस्वती पाठक निर्विरोध निर्वाचित भएका छन् ।

३ अर्ब २३ करोड ८६ लाख ८९ हजार चुक्ता पुंजी रहेको विकास बैंकको १३.५ प्रतिशत बोनश शेयर वितरण पश्चात् चुक्ता पुँजी ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार पुगेको छ । साधारण सभाको लागि यही माघ १२ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द रहेकोमा माघ ११ गतेसम्मका यस विकास बैंकका शेयरधनीले मात्र साधारणसभाबाट पारित बोनश शेयर प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]