
काठमाडौं– नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो विश्वास घात गरेर प्रतिनिधि सभा विघटन गरेको बताएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका डा।बाबुराम भट्टराईद्वारा लिखित ‘गुमनाम आमाहरूको कथा’ पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन् ।संसदले प्रधानमन्त्री दिन नसकेमात्रै संसद विघटन गर्नसक्ने सहमतिमाथि धोका भएको पौडेलको भनाइ छ। ‘हामीसँगै बसेर गरेको सहमति केपी ओलीजीले विश्वासघात गर्नुभयो । यस विश्वासघातबाट देशलाई मुक्त गर्नुपर्छ’, पौडेलको भनाइ छ ।
उनले यति ठूलो विश्वासघात होला भन्ने नसोचेको भन्दै राजनीतिमा भएको ढाँटछलले जनता निरास भएको बताए ।