०६ आषाढ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण ०१, २०७७

उदयपुरः उदयपुरको त्रियुगा नगरपालिका–११ गाईघाट शिवालय टोलमा शनिवार बिहान एक पुरुष मृत अवस्थामा फेला परेका छन्। ६६ वर्षीय वीरेन्द्र राइको उनको घरभित्र नै हत्या भएको हो। त्यस्तै राइकी श्रीमती समेत गम्भिर घाइते भएकी छिन्।

घरको माथिल्लो तलाको कोठामा राई मृत फेला परेको प्रहरीले जानकारी दिएको छ। उनको शरीरको विभिन्न भागमा निलडाम र चोट रहेको प्रहरी उपरीक्षक (एसपी) भीमप्रसाद दाहालले बताए। यस्तै उनकी ५४ वर्षीय श्रीमती रीता राईको बेहोस अवस्थामा घर नजिकैको बारीमा फेला परेको एसपी दाहालले जानकारी दिए। रीतालाई उपचारको लागि विराटनगर पठाइएको छ।

केही व्यक्तिहरुसँग रीताको झगडा परेको र कुटपिटसमेत भएको भन्ने छिमेकीको सूचनाका आधारमा प्रहरी शनिवार बिहान राईको घरमा पुगेको थियो। घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]