१२ कार्तिक २०८१, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, कार्तिक ०२, २०७७

गुल्मी -जिल्ला प्रहरी कार्यालय गुल्मीले गुल्मीको सिमीचौरमा ८ क्विन्टल गाँजा नष्ट गरेको छ ।

समुदाय–प्रहरी साझेदारी अवधारणाअनुसार गुल्मी प्रहरीले जिल्लाको रेसुङ्गा नगरपालिका–१० सिमीचौरका बिभिन्न स्थानमा गाँजा फडानी गर्ने अभियानलाई तीव्रता दिएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव निरीक्षक रुद्रनाथ सापकोटा र सशस्त्र प्रहरी बल ३७ नम्बर गुल्म गुल्मीबाट सशस्त्र प्रहरी नायव निरीक्षक बिरबहादुर महतराको कमाण्डमा खटिएको टोलीले ८ क्वीन्टल गाँजाका बोटहरु नष्ट गरेको हो ।

प्रहरीले सिमीचौरका २ रोपनी जग्गामा प्राकृतिक रुपमा उम्रेका २२ सय अबैध गाँजाका बोटहरु फडानी स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) केदारराज पन्तले जानकारी दिए ।

लागुऔषध प्रयोगकर्ता बढ्दै जान थालेपछि गाँजा नष्ट गर्ने अभियान सन्चालन गरेको पन्तले बताए ।

गाउँमा पशुचौपायालाई औषधिको रुपमा खुवाइने भएकाले गाँजाको बोट हुर्काउने प्रचलन छ । तर प्रहरीले पशुचौपायाका लागि भन्ने बहाना मात्रै भएकाले गाँजाका बोट राख्नु र हुर्काउनु अवैध भएकाले भन्दै फडानी गर्दै आएको छ ।

गुल्मी जिल्लामा व्यवसायीक रुपले गाँजा खेती भने गरिएको पाइएको छैन् । स्थानीयले आयुर्वेदिक औषधि बनाउन तथा शिवरात्रीमा प्रसाद बनाउन गाँजाको प्रयोग गर्दछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]