०६ आषाढ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण ०१, २०७७

हुम्ला- हुम्लाको सर्केगाड गाउँपालिका वडा नम्बर २ रिपमा रहेको रिप स्वास्थ्य चौकी १ महिनादेखि स्वास्थ्यकर्मीविहीन बनेको छ ।

७ जना कर्मचारीको दरबन्दी रहेको स्वास्थ्य चौकीमा ३ जना कर्मचारी भए पनि काम विशेषले जिल्ला बाहिर जाँदा गाउँमा बिरामी पर्नेलाई सास्ती भएको छ । १ जना इन्चार्ज, १ जना अनमी र कार्यालय सहयोगी गरेर ३ जना कर्मचारी कार्यरत भए पनि सबै आफ्नो निजी कामलाई लिएर अफिसको कामले जिल्ला बाहिर गएको भन्दै पन्छिन खोजेको स्थानीय भीषण कार्कीले बताए ।१ महिनादेखि बन्द रहेको स्वास्थ्य चौकीमा कार्यालय सहयोगीसमेत जान छाडेका छन् ।

गाउँमा सामान्य बिरामी हुँदा सिटामल दिने स्वास्थ्यकर्मीसमेत नभेटिने गरेको स्थानीयको गुनासो छ । सेवा लिन स्वास्थ्य चौकी पुगेका बिरामीले ३ महिनादेखि रित्तो हात घर फिर्ता हुनुपरेको बताउँछन् ।रिप गाउँका स्थानीय बिरामी हुँदा सामान्य उपचारका लागि कोही साढे तीन घन्टाको पैदल हिँडेरै सर्केगाड स्वास्थ्य चौकीमा पुग्ने गरेका छन् भने कोही जिल्ला अस्पताल सीमकोट पुग्ने गरेका छन् ।२ नम्बर वडाको रिप गाउँका स्थानीय मात्रै नभएर वडा नम्बर ३ को उनापानी गाउँका सेवाग्रहीले समेत रिप स्वास्थ्य चौकीबाट सेवा लिने हुँदा सो पालिकाका २ वटा वडाका नागरिकलाई थप सास्ती भएको छ स्वास्थ्य चौकी इन्चार्ज घर बनाउन सुर्खेत गएका र १ जना अनमी आफ्नै काममा व्यस्त रहेको यहाँका स्थानीयको आरोप छ ।

स्वास्थ्य चौकी इन्चार्ज चन्द्रसिंह कार्कीले भने, ‘म काम विशेषले तराई झरेको हु । अबको १-२ सातामा कार्यक्षेत्रमा फिर्ता हुनेछु । म तराई झरेका बेला स्वास्थ्य चौकीमा कार्यरत अनमीको २ महिने तालिम भएकाले उनी पनि तराई झर्दा कार्यालय बन्द रहेको हो ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]