१४ बैशाख २०८२, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण ०१, २०७७

कास्की- मनकामना मन्दिरको केबुलकार बन्द गर्नुअघि सूचना जारी गरिन्छ । विद्युत् अवरुद्ध हुने समय विद्युत् काटिने सूचना जारी गरिन्छ । तर, पर्यटकीय नगरी पोखरामा फेवातालको ड्याम मर्मत गर्ने बेला कुनै पनि सूचना नदिई तालको पानी घटाउँदा पर्यटकदेखि व्यवसायी मर्कामा परे ।

ताल हेर्न गएका सबैले तालमा जमेको हिलो हेर्नुपर्‍यो । त्यति मात्र नभई मनै लोभ्याउन फेवाको स्वरूप उजाडिँदा तालबाटै जीविकोपार्जन गर्दै आएका कति जनाको रोजीरोटी खोसिएको छ ।पोखरा भनेकै फेवाताल र फेवाताल भनेकै पोखरा । आन्तरिक र बाह्य पर्यटकको मुख्य आकर्षण फेवाताल हो । सुन्दर जैविक विविधताभित्र रहेको ताल र त्यसमाथि छचल्किने माछापुच्छ्रेको प्रतिविम्ब देख्दा मोहित नहुने सायदै होलान् ।तर, केही सातादेखि सामाजिक सञ्जालमा एउटै प्रश्न उठिरह्यो, कसरी तालको पानी सुक्यो ? ताल घुम्न गएकाले त भिडियो नै सामाजिक सञ्जालमा हालेर अतिरञ्जना फैलाउन खोजे ।

खासमा ताल आफैं सुकेको होइन, सुकाइएको हो । तालको बाँध र नहर मर्मत गर्ने भन्दै जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कास्कीले शनिबार ठूलो मात्रामा पानी घटाएको हो । फेवातालको मुन्तिर रहेको बाँध खोलेर पानी घटाइएको र २ मिटरसम्म पानी घटाइने लक्ष्य लिइएको छ ।तर, यसरी ताल सुकाइँदा तालबाट रोजीरोटी जोडिरहेका धेरैलाई समस्या परेको छ । विशेषगरी माछा मारी गुजारा गर्ने र पर्यटकलाई तालमा डुंगा सयर गराउने बढी मर्कामा परेका छन् । बिनासूचना तालको पानी घटाइदिँदा दैनिकीमा समस्या परेको डुंगा व्यवसायीको गुनासो छ ।फेवातालमा २०१८ मा भारतीय मिसनको सहयोगमा पहिलो पटक ४६ फिट बाँध निर्माण गरिएको थियो । बाँध बाँधेर कुल १५ हजार रोपनी क्षेत्रफलमा सिँचाइका लागि नहर निमाण गरिएको थियो । पछि उक्त बाँध २०३१ मा बाँध फुटेर गएको थियो । १८ कात्तिक २०३४ मा पुनः नयाँ बाँधको शिलान्यास गरिएको थियो ।बाँध संयुक्त राष्ट्रसंघको सहयोगमा निर्माण गरिएको हो । उक्त बाँध निर्माण २०३५ मा आएर सम्पन्न भएको थियो । २०३५ मा बाँध निर्माण भएयता हालसम्मकै सबैभन्दा ठूलो मर्मतसम्भार गर्न लागिएको हो । तालको संरक्षण नहुँदा जलचरसहित स्थानीयलाई पनि समस्या भएको पोखरा महानगरकी सीता बराल सुनाउँछिन् ।

लामो समय मर्मत नगर्दा ड्याममा समस्या आएको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले बाँध निर्माणका लागि २ करोड विनियोजन गरेको छ । १ करोड रुपैयाँ बाँध बनाउन र अर्को १ करोड नहरका लागि छुट्याइएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कास्कीका प्रमुख किरण आचार्यले जानकारी दिए ।डुंगा चढ्न जानेहरू हिलो हुँदै आउजाउ गर्नुपरेको छ । अहिले ताल सुकाएकै बेलामा तालभित्रको फोहोर र माटो निकाल्न सरोकारवालाले दबाब दिएका छन् । तर, फोहोरदेखि माटोको परीक्षण गर्न बाँकी रहेको पोखरा महानगरप्रमुख मानबहादुर जिसीले बताए ।

विभिन्न अध्ययन प्रतिवेदनका आधारमा फेवातालको अहिलेको क्षेत्रफल ४ दशमलव २ वर्गकिलोमिटर छ । तालको आकार २०१८ मा १० वर्गकिलोमिटर थियो । त्यही क्षेत्रफल २०३१ मा ६ वर्गकिलोमिटर, २०५२ मा ४.४३ वर्गकिमि, २०५७ मा ४.२५ वर्गकिमि हुँदै २०६४ मा ४.२ वर्गकिलोमिटरमा झरेको छ । त्यसपछि आधिकारिक मापन भएको छैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]