१४ बैशाख २०८२, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण ०१, २०७७

सप्तरी – पर्यटकीय सम्भावनाको म्याग्दी धौलागिरि आइसफल पदमार्गका पाँच ठाउँमा झोलुङ्गे पुल नहुँदा त्यस क्षेत्रमा यात्रा गर्ने पर्यटक र स्थानीय जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् ।

करिब एक दशकअघि पहिचान भएको यो पदमार्ग सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनोट गरेको यस क्षेत्रको सम्भावनायुक्त पदमार्ग हो ।

रघुगङ्गा गाउँपालिकाको रुइसेडाँडादेखि धौलागिरि आइसफलसम्मका खैरो खोला, फेदी खोला, सेतिने खोला, सरल धारा र काती बरहा खोलामा पुल नहुँदा पर्यटकले सास्ती खेप्नुपरेको चिमखोलाका गमबहादुर पुनले बताए ।

‘धौलागिरि आइसफल पुग्न पर्यटक आए पनि खोलामा साँघुको भरमा तुर्नुपर्छ’, उनले भने । आइसफल पुग्न ठाउँठाउँमा पदमार्ग निमार्णले सहज भए पनि खोलामा पुल नहुँदा यात्रामा असहज भएको धौलागिरि आइसफलको यात्राका लागि काठमाडौँदेखि आएकी सविना ढकालले बताइन् ।

‘अरु बाटोमा त जेनतेन हिडियो खोलामा निकै गाह्रो भयो, केही खोलामा त यहाँका स्थानीय दाइहरुले बोकेर नै तार्दिनुभयो’, उनले भनिन्, ‘यो आइसफललाई पर्यटकीय गन्तव्य बनाउन पहिला खोलामा पुल हाल्न आवश्यक देखियो ।’

रघुगङ्गा गाउँपालिकाका अधिकांश वडालाई समेटेको यस पदमार्गलाई व्यवस्थितरुपमा सञ्चालनमा ल्याउन गाउँपालिकाले ( विस्तृत परियोजना प्रतिवेदन ) डिपिआर तयार गर्ने काम अन्तिम चरणमा पुर्‍याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए ।

‘कहाँ–कहाँ के पूर्वाधार बनाउने भनेर डिपिआर भएको छ, त्यसको रिपोर्ट आयो भने सम्बन्धित निकाय र मन्त्रालयमा प्रस्ताव पेश गर्छौं’, अधिकृत सुवेदीले भने ।

चालु आर्थिक वर्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु २५ लाख बजेटबाट यस क्षेत्रमा निर्माण गरिएको पदमार्गले यात्रामा सहज भए पनि खोलामा पुलको समस्या देखिएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

स्थानीयले पदमार्गअन्तर्गत कोखेभिरमा डोरीको सहायताले पदमार्ग निर्माण गरिरहेका छन् । कोखेभिरसँगै पापीधर्मी भिरमा ३०० मिटर बढी कडा पहाडलाई कटान गरेर पदमार्ग बनाउनुपर्ने देखिएको अध्यक्ष भण्डारीले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]