०२ चैत्र २०८१, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ ३०, २०७७

दाङ : दाङमा एक वन रक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा राप्ती गाउँपालिका–८ कोहलुवा निवासी ५० वर्षीय बुद्धिराम विक रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रहरीका अनुसार शुक्रबार बिहान करिब पौने १ बजेतिर राप्ती गाउँपालिका–८ जुटपानी मिलनडाँडास्थितस्थानीय वनमा काठ चोरी गरी ल्याउँदै गरेको अवस्थामा झडपमा हुँदा विकको ज्यान गएको प्रहरीले जनाएको छ।

शंकर सामुदायिक वनबाट सोही वडाका पिपरी निवासी २८ वर्षीय बुद्धिराम चौधरीले सिसौ जातको काठ चोरी गरी ल्याउँदै गरेको अवस्थामा वनपालेद्वय विक र पूर्ण बहादुर जिसीले फेला पारी नियन्त्रणमा लिन खोज्दा चौधरी र बिकबीच बादबिवाद भई हातपात हुँदा जिसीले छुट्याएर बनपालेद्वयले चौधरीको हात बाँधेका र वनपाले विक एक्कासि भुइँमा लडी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए।

उक्त घटना फरार रहेका चौधरीलाई घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी थप अनुसन्धान भइरहेको समेत उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]