विराटनगर – विराटनगरस्थित एभरेष्ट कलेजमा ‘इनटरयाक्टिभ फ्लाट प्यानल’ माध्यमबाट पठनपाठन सुरु गरिएको छ । कक्षा कोठामा विद्यार्थी अनुपस्थित रहँदा समेत प्रविधिको माध्यमबाट सहजै अध्ययन गर्न सकिने प्रणालीबाट शिक्षक सिकाई सुरु गरिएको हो ।
प्रविधिमार्फत कम्युटर, प्रोजेक्टर, टिभी, क्यामेरा, हवाईट बोर्ड, साउण्ड सिस्टमले चित्र, अक्षर, अंकहरु पढ्न, लेख्न र मेटाउन सकिने सुविधा यो माध्यममा हुन्छ । कक्षा कोठाको सिकाई पद्धतिलाई अभिभावकले समेत घरमै बसेर प्रविधिको प्रयोगमार्फत हेर्न सक्ने भएका हुन् ।पढाईको बारेमा सोझै ईमेल गर्न, अनुपस्थित भएको विद्यार्थीलाई समेत भर्चुअल कक्षाको माध्यायमबाट समेटन, लेखिएको भनिएको तथा देखाईएको सामाग्रीलाई ‘क्यूआर कोर्ड जेनेरेट’ गरी सजिलै सेभ गर्न र सेयर गर्न सकिने सुविधा समेत रहेको छ । ल्यापटप, मोबाईल, ट्याबलेट आदिमा रहेको सामाग्रीहरुलाई यसमा पठाउन, सकिने भएकाले यस प्रविधिबाट पठनपाठन गर्न सहज र प्रभावकारी हुने एभरेस्ट कलेजका उप–प्रमुख नवराज कोइरालाले बताउनुभयो पन्ध्रदिन अगाडीदेखि यो प्रणालीको अध्ययनअध्यापन सुरु गरेको एभरेष्टले बिबिएस, बिएसी–सिएसआइटीमा अध्ययनरत विद्यार्थी तथा प्लस–टु मा पढ्ने विद्यार्थीलाई लक्षित गरेको छ ।
हाल एउटा मात्र ईन्ट्रयाक्टिभ फ्ल्याट प्यानल रहेपनि यसबाट विद्यार्थी र अभिभावकमा पर्ने प्रभावका आधारमा प्यानल थप गरिने कोइरालाले बताउनुभयो ।