१८ बैशाख २०८२, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ ३०, २०७७

जनकपुरधाम – बालिका बलात्कारमा संलग्‍न रहेको आरोपमा एक महिलासहित दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनगरी सार्वजनिक गरेको हो ।

धनुषाको लक्ष्मिनिया गाउँपालिकाकी १३ वर्षीया बालिकालाई गत असारदेखि पटक-पटक जबरदस्तीकरणी गरेको आरोपमा स्थानीय शम्भु भन्‍ने ओमनारायण यादव र घटनामा सघाएको आरोपमा महिला मुस्कान खातुनलाई पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ ।

धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभट्टकाअनुसार असारदेखि कात्‍तिकसम्म पीडितकै घरमा डेरागरी बस्दै आएकी मुस्कानले बालिकालाई आफ्नो कोठामा सुताउँदै आएकी थिइन् । सोही क्रममा अभियुक्त भनिएका ओमनारायणलाई घरमा बोलाई जबरदस्तीकरणी गर्न सघाएको प्रहरीको भनाइ छ ।

बालिका गर्भवती भएपछि घटना सार्वजनिक भएको र पीडितको जाहेरीको आधारमा आरोपितहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रानाभाट्टले जानकारी दिए । अनुसन्धानको क्रममा आरोपितहरूले कसुर स्वीकार गरिसकेको र म्याद थप गराई थप अनुसन्धान भइरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]