काठमाडौं । सत्ताधारी नेकपाको प्रचण्ड-नेपाल समूहले जनयुद्ध दिवस मनाउने भएको छ।
भोलि अर्थात फागुन १ गते जनयुद्ध दिवस हो। तत्कालिन नेकपा माओवादीले सुरु गरेको १० बर्षे जनयुद्ध २०५२ साल फागुन १ गते नै सुरु भएको थियो। हरेक वर्ष यो दिनलाई जनयुद्ध दिवसको रुपमा मनाइन्छ।प्रचण्ड–माधव पक्षले फागुन १ गते जनयुद्ध दिवस भव्यताका साथ मनाउने निर्णय गरेको हो। त्यसका लागि पार्टीका जिल्ला कमिटीहरुलाई सो समूहले सर्कुलर नै जारी गरेको छ।केन्द्रीय कार्यालयका सचिव गंगालाल तुलाधरले एक सर्कुलर जारी गर्दै पार्टीका जिल्ला कमिटीहरुलाई ‘शहीद स्मृति तथा सम्मान कार्यक्रम’ को ब्यानरमा जनयुद्ध दिवसको कार्यक्रम भव्यतापूर्वक गर्न अनुरोध गरेका छन्।
उता प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले भने जनयुद्ध दिवन नमनाउने भएको छ। ओली जनयुद्धप्रति कहिल्यै सकरात्मक छैनन्।यसैगरी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पनि ‘जनयुद्ध दिवस’ मनाउन देशव्यापी तयारी गरिसकेको छ।विप्लव समूह सँगै मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले पनि जनयुद्ध दिवसलाई उत्सवको रुपमा मनाउने जनाएको छ।