०९ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ ३०, २०७७

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिहंदरबार भित्रकै पुरानै भवनमा सार्ने तयारी भएको छ ।

विनाशकारी महाभूकम्पपछि सिंहदरबारको मूल भवनबाट विस्तापित बनेको प्रधानमन्त्रीको कार्यालय सार्ने तयारी भएको हो ।सिंहदरबारको मूलभवनको जगैदेखि पुनःनिर्माण (रेट्रो फिटिङ) सम्पन्न भएकाले फागुन ३ गते सोमबार उक्त भवनको उद्घाटन गरिने कार्यक्रम तय भएको छ । उद्घाटन भएकै दिनदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुरानै ठाउँमा सारिने कार्यालय स्रोतले जनाएको छ ।०७२ को भूकम्पले सिंहदरबार मूलभवनमा ८० प्रतिशत क्षति भएको थियो । हाल पुनःनिर्माण सकिएकाले प्रधानमन्त्रीको कार्यालय आंशिक रुपमा सारिने स्रोतले जनाएको छ ।

विसं १९०३ मा राणा प्रधानमन्त्री चन्द्र समशेरले उक्त भवन निर्माण गरेका थिए । तर २०३० सालमा उक्त भवनमा आगलागी भएको थियो । विनाशकारी भूकम्पले उक्त भवन क्षति पुर्‍याएपनि पुनःनिर्माणका बेला निर्माणका विषयमा विवाद भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]