०९ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ ३०, २०७७

काठमाण्डाै – प्रतिनिधि सभा विघटनविरुद्ध नागरिक खबरदारी गरिएको छ । प्रजातान्त्रिक विचार समाजको आयोजनामा शुक्रवार माइतीघर मण्डलामा प्रतिनिधि सभा विघटनविरुद्ध नागरिक खबरदारी गरिएको हो ।

विधिको शासन कायम गर, मानव अधिकारको रक्षा गर, हत्या, हिंसा बन्द गर, प्रेस स्वतन्त्रता सुनिश्चित गर, प्राज्ञिक स्वतन्त्रता कायम गरलगायतका नारा लेखिएको प्लेकार्डसहित उपस्थित नागरिक समूहका अगुवाहरूले प्रतिनिधि सभा विघटन कदमको विरोध गरेका हुन् ।प्रजातान्त्रिक विचार समाजका अध्यक्ष केदारनरसिंह केसीले सरकारको असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादी कदमविरुद्ध सबै बुद्धिजीवी एकै ठाउँमा आउनुपर्ने बताउनुभयो । उहाँले सडक र सदन दुवैमा अराजकतावादी रहेका र तिनले लोकतन्त्रलाई नष्ट गर्न खोजेको बताउनुभयो । उहाँले लोकतन्त्र र प्रजातन्त्रको रक्षाका लागि सबै लोकतन्त्रवादीलाई एकजुट भएर अघि बढ्न आग्रह गर्नुभयो ।नागरिक खबरदारी कार्यक्रममा बोल्दै डा. गोविन्द केसीले नागरिकले रगत र पसिना बगाएर ल्याएको प्रजातन्त्रको मूल, मर्म, स्वतन्त्रता र नागरिक अधिकार सरकारले खोसेको बताउनुभयो । उहाँले आफ्नो घृणित स्वार्थका लागि प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरी संविधान र प्रजातन्त्रको हत्या गरेको बताउनुभयो ।

डा. केसीले प्रतिनिधि सभा विघटनको विरोध गर्नु प्रजातन्त्रवादीको परम कर्तव्य रहेको भन्दै सम्पूर्ण प्रजातन्त्र र लोकतन्त्रवादी एक ठाउँमा आउनुपर्ने धारणा राख्नुभयाे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]