१६ बैशाख २०८२, मंगलबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ ३०, २०७७

काठमाडौं । पर्सामा सशस्त्र प्रहरी र बालुवा तस्करबीच झडप भएको छ। बालुवा तस्करी भइरहेको सूचनाका आधारमा पुगेको सशस्त्र प्रहरी टोली र तस्करबीच झडप भएको थियो । झडपमा परी सशस्त्र प्रहरीका दुई जवान गम्भीर घाइते भएका छन्।

घाइते भएका जवान मुकेश यादव र अयुव यादवलाई नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका लागि लगिएको प्रदेश २ का सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले बताए। उनका अनुसार पिडारीगुठी र महादेवपट्टीको बोर्डर आउट पोस्टबाट प्रहरी टोली तस्करी नियन्त्रणका लागि गएका थिए।

जगन्नाथपुर गाउँपालिका–१ को ओरिया खोलामा बालुवा झिक्न नेपालपट्टीको दसगजा क्षेत्रमा आएका तस्करहरूसँग प्रहरीको झडप भएको थियो । तस्करहरूले बेल्चा प्रहार गर्दा प्रहरी घाइते भएको गौतमले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]