०८ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ ३०, २०७७

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन नभएका, भएका र मिलान गर्न चाहने कर्मचारीसँग सूचना माग गरेको छ। इच्छुक कर्मचारीले फागुन १ देखि १६ गतेसम्म समायोजन र मिलानका लागि निवदेन दिन सक्ने बताइएको छ।

स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै स्वास्थ्य सेवाका यस अघि समयोजन भएका वा समायोजन हुन बाँकी रहेका र यस अघि निवेदन दिएका वा नदिएका कर्मचारीको समयोजन तथा मिलान गरिने भएकाले इच्छुक कर्मचारीसँग निवेदन माग गरेको हो।

मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट जारी भएको ‘कर्मचारी समायोजन/मिलान सम्बन्धी मापदण्ड, २०७७’ मा व्यवस्था भएअनुसार समायोजन तथा मिलान गरिने पनि जनाएको छ।

यसका लागि मन्त्रालयले स्वास्थ्य सेवाका कार्मचारीका लागि ‘स्वास्थ्य सेवाका कर्मचारीहरुको समायोजन मिलान सम्बन्धी व्यवस्थाहरु, २०७७’ समेत ल्याएको छ। समायोजनका लागि निवेदन दिन चाहने कर्मचारीहरुले स्वास्थ्य मन्त्रालयको वेवसाइटमा रहेको उक्त व्यवस्था अनुसार नै तोकिएको ढाँचा अनुसार निवेदन दिन पनि सूचित गरेको छ।

निवदेकले समायोजन भएको र समायोजन भई जान इच्छुक भएको तहको तोकिए बमोजिम ढाँचामा सहमति पत्र र यस अघि समायोजन भएको समयोजनको पत्र पनि निवेदनका साथ पेस गर्नुपर्ने बताइएको छ।

मापदण्ड अनुसार अब प्रदेश र स्थानीय तहको सहमति अनुसार कर्मचारीहरु एक प्रदेशबाट अर्को प्रदेश, प्रदेशबाट स्थानीय तह र एक स्थानीय तहबाट अर्को स्थानीयत तहमा समायोजन तथा मिलान गर्न सकिने व्यवस्था छ।
स्वास्थ्य सेवाका कर्मचारीहरुको समायोजन मिलान सम्बन्धी व्यवस्थाहरु, २०७७

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]