१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ २९, २०७७

काठमाडौं । प्रहरीले राज्यविरुद्ध कसुरमा अनुसन्धानका लागि भन्दै घरबाटै पक्राउ परेकी नेकपा प्रचण्ड–माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई कसैको रोहबरमा मात्र छाड्न सकिने बताएको छ ।

महानगरीय प्रहरी महाशाखा पुगेका प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराईलाई महाशाखा प्रमुख एसएसपी दीपक थापाले झाँक्रीलाई आफ्नो रोहवरमा बुझेर लैजान आग्रह गरेका हुन् । भट्टराईले भने राज्य विरुद्धको कसूर लगाएर पक्राउ गरिसकेकाले व्यक्तिगत रुपमा जिम्मा लिन इन्कार गरे । झाँक्रीलाई निशर्त छाड्नुपर्ने उनले बताए ।प्रहरीले भने त्यहाँ भएकामध्ये कुनै नेताले बुझिलिइदिन आग्रह गरिरहेको छ ।गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे बोलेको विषयलाई लिएर उजुरी परेको भन्दै महाशाखाले नेतृ झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो । तर उनले यो राजनीतिक विषय भएको भन्दै पक्राउ पूर्जी ल्याउन आग्रह गरिन् ।

लगत्तै महाशाखाले राज्यविरुद्धको कसुरमा अनुसन्धानका लागि भन्दै जरुरी पक्राउ पूर्जी थमाएको थियो । लगत्तै उनलाई प्रहरीले घरबाटै गिरफ्तार गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]