सप्तरी – नेकपाकी नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ गरी राखिएको अपराध महाशाखामा मानवअधिकार आयोगको टोली पुगेको छ।
राष्ट्रिय मानव अधिकार आयोगबाट शिमानन्द बस्याल र मञ्जु खतिवडा बिहीबार अपरान्ह मीनभवनस्थित अपराध महाशाखा पुगेका हुन् ।
नेत्री झाँक्रीलाई पक्राउ गर्नुको कारणर कहिले रिहा गरिन्छ भन्ने विषयमा वुझ्न आफूहरु आएको मञ्जु खतिवडाले जानकारी दिएकी छिन् ।
राष्ट्रपति विद्या भण्डारीविरुद्ध अभिव्यक्ति दिएको भन्दै झाँक्रीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको थियो ।