१६ बैशाख २०८२, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ २९, २०७७

काठमाडौं । ६० जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएकाे छ ।

नेपाल सरकार गृह सचिवस्तरको माघ २६ गतेको निर्णय अनुसार प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नति भएकामध्ये ६० जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएकाे हाे । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरुमा प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा पदोन्नोति भएका ४६ जनामध्ये ३८ जना र विभिन्न समूहको प्राविधिक प्रहरी नायव निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नोति भएका २३ जनामध्ये २२ जना प्रहरी अधिकृतहरु रहेका छन् । पदोन्नति भएका ८ जना प्रहरी नायव उपरीक्षकहरू र १ जना प्राविधिक प्रहरी निरीक्षक हाल यूएन मिसनमा कार्यरत छन् ।

समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदले अपेक्षा गरेअनुसारको व्यावसायिक भूमिका निर्वाह गर्न निर्देशन दिए । आगामी दिनमा सामना गर्नुपर्ने चुनौतीलाई मनन गरी नियमित रूपमा भएको कार्यसम्पादनमा बढोत्तरी गर्दै संगठनको ओज तथा छविलाई निरन्तरता दिन सम्पूर्ण प्रहरी कर्मचारीहरू सतत् रुपमा लागिपर्ने अपेक्षा संगठनले लिएको उनले चर्चा गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]