०३ आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ २९, २०७७

काठमाडौं । नागरिक अभियन्ता डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाह भएको बताएका छन् । बिहीबार काठमाडौंको माइतीघर मण्डलामा पत्रकार सम्मेलन गरी उनले भने ‘ केपी ओली ताना शाह हुन्, यिनलाई जनताले फाल्नुपर्छ ।’

उनले अहिले संसद विघटनपछि संवैधानिक अंगको परीक्षण भइरहेको पनि बताएका छन् । ‘अहिले सर्वोच्चको इमानको परीक्षा हुँदैछ, संसद विघटन उहाँहरुले बदर गर्नुहुनेछ’ केसीले भने, ‘ओली श्री ७ महाराज हुन्, श्रीपेचविनाका । संविधानको हत्‍या गर्ने उनी हत्यारा हुन् ।केसीले विभिन्न ३ बुँदे माग राखेर फागुन १२ गतेदेखि अनशन घोषणा गरेका छन् । उनले संसद विघटनको प्रयासबाट संविधानको रक्षा गर्नुपर्ने, संवैधानिक निकायहरुमा हालै गरिएका नियुक्ति रद्द गर्नुपर्ने, चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि विगतका अनशनमा भएका सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् ।

उनले चिकित्सा शिक्षालाई गैर नाफामूलक बनाउने, सबै सार्वजनिक शिक्षण संस्थामा ७५ प्रतिशत छात्रवृत्ति कार्यान्वयन गराउनेलगायत राष्ट्रिय चिकित्सा शिक्षा ऐनका प्रावधानहरुको कार्यान्वयन गर्न पनि माग गरेका छन् । माग पूरा नभए ७७ जिल्लाको जुनसुकै ठाउँबाट पनि अनशन सुरु हुने केसीले बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]