१२ कार्तिक २०८१, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, आश्विन ३०, २०७७

दाङ- दाङमा कुखुरा चोरेको आरोपमा कुटपिट गर्दा एक युवकको मृत्यु भएको छ । बिहीबार राति राप्ती गाउँपालिका ३ नयाँ बस्तीका १८ वर्षीय नरेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय ६० वर्षीय खलबहादुर घर्ती र उनका २५ वर्षीय छोरा ओमप्रकाश घर्तीले कुटपिट गर्दा चौधरी गम्भीर घाइते भएका थिए ।

लाठीले कुटपिट गर्दा गम्भीर घाईते चौधरीको रक्तस्राबका कारण राति नै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिनुभयो । राति कुखुरा कराए पछि घर्ती परिवारले चौधरीलाई कुखुरा चोर्न लागेको आरोप लगाएर कुटपिट गरेका हुन् । कुटपिट गर्ने बाबु छोरालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ । त्यसैगरी पश्चिम दाङमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

बबई गाउँपालिका १ खिलतपुर निवासी ३७ बर्षीय गणेश केसी खितलपुर चौकदेखि करिब २ सय मिटर नजिक नालामा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख एवं प्रहरी निरीक्षक मोहन विक्रम केसीले जानकारी दिनुभयो । मृतक केसीले डिप्रेसनको औषधी खाने र मापसे सेवन गर्ने गरेको स्थानियले बताएको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयो ।मृतकको बारेमा थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]