२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ २९, २०७७

काठमाडौं : पश्चिमी वायुको आंशिक प्रभावले बिहीबार वाग्मती, गण्डकी र प्रदेश नं एक मा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा हुने भएको छ।

पश्चिमी वायुको प्रभावले शुक्रबारबाट देशभर मौसम बदली भई उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताए। ‘शुक्रबारदेखि आइतबारसम्म देशभर आंशिकदेखि सामान्य बदली भई उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको छ’, उनले भने। मौसमविद्का अनुसार पश्चिमी वायुको प्रभावले ठूलो पानी पर्ने सम्भावना नरहे पनि हिमपातका कारण तापक्रम घट्ने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाभित्र उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना र तराईका केही भूभागमा बिहानपख हुस्सु-कुहिरो लाग्नसक्ने हुँदा चिसो अझै रहिरहने देखिएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ। हाल देशभर मौसम सामान्यतया सफा रहेको छ र तराई तथा पहाडका केही भू–भागमा हुस्सु-कुहिरो लागेको छ। दिउँसो वाग्मती, गण्डकी र प्रदेश नं १ मा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यता सफा रहने छ। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव चार डिग्री र अधिकतम तापक्रम २० दशमलव तीन डिग्री सेल्सियस रहने छ।

त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम शून्य दशमलव तीन डिग्री सेल्सियस रहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]