०२ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ २९, २०७७

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायीले प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई रहेको बताएका छन् । ओलीका निजी वकिल आरसी गौतमले प्रधानमन्त्रीमा राजा र श्री ३ बराबरको अधिकार रहेको दाबी गरेका हुन् ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीको घोषणाविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दामाथिको सुनुवाइका क्रममा बिहीबार अधिवक्ता गौतमले संविधानले प्रधानमन्त्रीलाई राजाको जत्तिकै अधिकार रहेको तर्क गरेका हुन् । ‘संसद् विघटन गर्ने अधिकार संसदीय प्रणालीमा हुन्छ । प्रधानमन्त्री राजाबराबर, श्री ३ बराबर हो, त्यसैले संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीमा हुन्छ,’ उनले भने ।राजा र श्री ३ (राणाशासकहरू) मा जत्तिकै अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीमा रहेको गौतमले दोहोर्‍याएका थिए ।’पहिलेको संविधानले जति अधिकार राजालाई दिएको थियो अहिले त्यति नै अधिकार प्रधानमन्त्रीलाई दिएको छ । प्रधानमन्त्री भनेको केपी ओली हो । अहिले केपी ओली श्री ३ बराबर हो,’ गौतमले भने ।उनले प्रधानमन्त्रीलाई संविधानले अवशिष्ट अधिकार दिएकाले त्यो अधिकार रहेको तर्क गरेका थिए । अवशिष्ट अधिकार भएकाले नै प्रधानमन्त्रीले संसद् विघटन गरेको उनको भनाइ थियो । संवैधानिक इजलासले संविधान हेरेर निवेदन खारेज गर्नुपर्ने गौतमको माग थियो ।

प्रधानमन्त्री ओलीका तर्फबाट बहस गर्ने कानुन व्यवसायीहरूको समय सकिएको छ । अब सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायीले बहस सुरु गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]