०३ आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ २९, २०७७

बीबीसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले म्यानमारमा लोकतन्त्रविरुद्ध सत्त कब्जा गरेको सेनाविरुद्ध प्रतिबन्ध जारी गर्ने आधिकारिक निर्देशन स्वीकृत गरेका छन् । जसमा सेना, तिनका परिवार र उनीहरुसँग सम्बन्धित सबै व्यवसायहरुमाथि प्रतिबन्ध लगाइनेछ ।

त्यस्तै, अमेरिकी सरकारले दिँदै आएको वार्षिक एक अर्ब डलरको सहयोगमा पनि सेनाको पहुँच रोक्न विभिन्न तयारी भइरहेको छ ।अघिल्लो हप्ताको सोमबार म्यानमारमा सेनाले अचानक पूरै मुलुकलाई आफ्नो नियन्त्रणमा लिइ देशभरका सबै संसाद् एवम् प्रमुख नेताहरुलाई पक्राउ गरेको थियो । त्यसको विरोधमा दशौँ हजार नागरिकहरु राजधानीसहित सबै प्रमुख सहरमा प्रदर्शन गरिरहेका छन् ।सेनासँग भएको झडपमा यसअघि एक महिलालाई गोली लागेको थियो । मंगलबार त्यहाँको प्रहरीले भिड हटाउन पानीको फोहोरा र रबरको गोली प्रहार गरेको थियो । सो क्रममा कतिपय गम्भीर घाइते भएको रिपोर्ट गरिएको छ । तर, हालसम्म कसैको मृत्यु भएको खबर छैन ।बाइडेनले सेनालाई आफ्नो कदम फिर्ता लिन र नेतृ आन साङ सुकीलाई रिहा गर्न भनेका छन् । म्यानमारमा भइरहेको घटना पूरै विश्वले हेरिरहेको र अन्तर्राष्ट्रिय समुदाय त्यहाँको नागरिकको पक्षमा रहेको उनले बताए ।

प्रदर्शन दिनदिनै जारी रहँदा सेनाले पनि धेरैभन्दा धेरैलाई पक्राउ गरी छापा मारिरहेको छ । हालै पक्राउ पर्नेहरुमा स्थानीय सरकारी अधिकारी र निर्वाचन आयोगका कर्मचारी रहेका छन् । जसले सेनाको आधारहीन चुनाव धाँधलीको आरोप स्वीकार गर्न मानेका थिएनन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]