१४ बैशाख २०८२, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ २९, २०७७

जनकपुर – प्रदेश निजामती कर्मचारीहरुले ६० वर्ष पुगेपछि अनिवार्य अवकाश पाउने भएका छन् । प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारले हिजो बुधबार प्रमाणीकरण गरेको ऐनले यस्तो व्यवस्था गरेको हो ।

प्रदेश २ मा प्रदेश निजामती सेवा ऐन, २०७७ हिजो प्रमुख परियारले प्रमाणीकरण गरेका हुन् । ऐनअन्तर्गत प्रदेश नं २ को प्रदेश निजामती सेवामा अधिकृत बाह्रौँ तहदेखि सहायक तेस्रो तहसम्मका कर्मचारी रहने उल्लेख छ ।

नयाँ ऐनअनुसार अनिवार्य अवकाश वा अन्य प्रयोजनका लागि प्रदेश निजामती कर्मचारीको उमेर गणना गर्दा निजले पेस गरेको शिक्षण संस्थाको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्र अथवा व्यक्तिगत विवरणमा लेखी दिएको उमेरमध्ये जुन उमेरबाट पहिले अवकाश हुन्छ सोही आधारमा गणना गरिने उल्लेख छ ।

निवृत्तभरण पाउने अवस्था र उमेरको हद ५३ वर्ष पूरा भएका प्रदेश निजामती कर्मचारीले प्रदेश सरकारद्वारा प्रदेश राजपत्रमा प्रकाशित सूचनामा तोकिएको अवधिभित्र सोही सूचनामा उल्लेखित शर्तमा स्वेच्छिक अवकाश लिन सक्ने व्यवस्था पनि गरिएको छ ।

प्रदेश निजामती सेवामा आर्थिक, योजना तथा तथ्याङ्क, इञ्जिनियरिङ, कानून, कृषि, प्रशासन, वन, विविध, शिक्षा र स्वास्थ्य सेवाको गठन गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]