२७ कार्तिक २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ २९, २०७७

काठमाडौं – अहिले काठमाडौं उपत्यकासहित तराई तथा पहाडका केहि भू-भागहरुमा हुस्सु र कुहिरो लागेको छ । अबको तीन दिनसम्म देशका धेरै ठाउँमा मौसम बदली हुने मौसमविदले बताएका छन् । पश्चिमी वायुको प्रभावले मौसम बदली भए पनि तत्काल पानी पर्ने सम्भावना नरहेको बताइएको छ ।

आज दिउँसो वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ मा आंशिक बदली रहि बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै आज राती वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ मा आंशिक बदली रहि बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

महाशाखाका अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो तापक्रम बढेर २० देखि २२ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना र तराईका केही भू-भागमा हुस्सु र कुहिरो लाग्न सक्ने भएकाले चिसो अझै रहिरहने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]