३० मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, माघ २८, २०७७

सुर्खेत । भागिरथी भट्टको न्यायको निम्ति सुर्खेतमा सडक नाटक प्रदर्शन तथा रचना वाचन कार्यक्रम गरिएको छ । कर्णाली अध्ययन केन्द्र नेपालको आयोजनामा आज मध्यपश्चिमाञ्चल विश्वबिद्यालय केन्द्रिय परिसरको गेट अगाडी युवा विद्यार्थीहरु उपस्थितिमा उक्त कार्यक्रम गरिएको हो ।

बैतडीमा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया किशोरी भागिरथी भट्टको न्यायको लागी, दोषीलाई छिटोभन्दा छिटो कारबाही गरियोस्, निर्मला पन्तको जस्तो हविगत नबनाइयोस भनेर, निधारमा कालोपट्टी, मुखमा कालो मास्क लगाएर बलात्कारिलाई फाँसी दे …!, पीडितलाई न्याय दे.. ! महिला हिंसा तथा यौन दुर्ववहार बन्द गर ! शान्ति सुरक्षा कायम गर, सरकारमाथि को रहेछ बलात्कारी पो रहेछ !, इत्यादि नारा लेखिएका पम्पेलेट समाएर बिरोध गरिएको थियो ।देशका दिदिबहिनी तथा चेलीबेटीहरुले खेपिरहेका महिला हिंसा तथा यौन दुर्ववहार, बढदो क्रममा रहेका बलात्कारका घटना, गैरजिम्मेवारपूर्ण राज्य, राजनीतिक शक्ति र सत्ताले सुरक्षा गरिएका बलात्कारी, अपराधी आदि समाजको यथार्थ विषयबस्तुलाई उठान गरिएका कविता, गजल, मुक्तक, भावना वाचन गरेर बिरोध गरिएको थियो ।कार्यक्रममा एक दर्जन बढी साहित्यक सर्जगहरुले आफ्नो रचना वाचन गरेर न्यायको निम्ति आवज उठाएका थिए । उक्त, कार्यक्रममा रचना वाचनसंगै २० मिनेटको सडक कथा तथा नाटक प्रदशन गरिएको थियो ।जसमा चेलीबेटीले खेपेका पीडा वेदना, आजसम्म घटेका महिला हिँसा, समाजको बलात्कारी प्रवृत्ति र संस्कार, सार्वजनिक क्षेत्र बिद्यालय, बसपार्क, क्याम्पस, आदि कार्यलयमा हेरिने महिला माथीको गिद्दे नजर तथा व्यवहार, सामाजिक सञ्जालमा गरिने दुर्व्यहार बारे कुरा उठाइएको थियो ।

यस्ता सिर्जनात्मक तथा रचनात्मक किसिमले बिरोध कार्यक्रम कर्णाली अध्ययन केन्द्रले गर्दै आएको, समय बमोजिम गर्दै आउने कार्यक्रमका अध्यक्षताको भूमिका निर्वाह गरेका कर्णाली अध्ययन केन्द्रका संयोजक मिलन बिसीले जनाए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]