०६ आषाढ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, माघ २८, २०७७

सप्तरी – तृतीय स्व सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता बुधबारदेखि कञ्चनपुरको महेन्द्रनगरमा शुरु भएको छ । नेपाल हक्की सङ्घको आयोजना र कञ्चनपुर जिल्ला हक्की सङ्घको समन्वयमा शुरु भएको प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले उद्घाटन गर्नुभयो ।

सो अवसरमा मन्त्री शाहले खेलकूदले खेलाडीलाई अनुशासित बनाउनुका साथै खेल जगत्ले सिङ्गो देशको शिर उच्च राख्ने गरेको बताउनुभयो ।

खेलकूदले भाइचाराको सम्बन्ध थप प्रगाढ बनाउनुका साथै मानिसलाई स्वस्थ्य राख्ने महत्वपूर्ण माध्यम पनि भएको उहाँले भनाइ छ । “एउटा सफल खेलाडीले देशलाई विश्वमा चिनाएका धेरै उदाहरण छन्”, मन्त्री शाहले भन्नुभयो, “खेलकूदको विकासमा राज्य पनि अग्रसर हुँदै गएको स्थिति छ ।”

त्यसैगरी गरी आजदेखि शुरु भएका लिक चरणका खेलमा नेपाली सेना र सुदूरपश्चिम प्रदेशको टिमले विजयी शुरुआत गरेका छन् । उद्घाटन खेलमा सेनाको टोलीले गण्डकी प्रदेशलाई दुई गोल गर्दै विजयी भएको कञ्चनपुरका हक्की प्रशिक्षक नरबहादुर चन्दले बताउनुभयो । सेनाका लागि सीमा खड्का र निलिमा पाण्डेयले एक÷एक गोल गरेका छन् । त्यसैगरी दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई प्रदेश नं २ लाई पराजित गरेको छ ।

सुदूरपश्चिमका लागि बिन्दु रावलले तीन गोल र लक्ष्मी बमले एक गोल गरेका थिए । प्रदेश नं २ ले भने गोल गर्न सकेन् । प्रतियोगिता आगामी फागुन २ गतेसम्म सञ्चालन हुने कञ्चनपुर जिल्ला हक्की सङ्घका उपाध्यक्ष उमेश सुनुवारले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]