०३ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, माघ २८, २०७७

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेश सिलवालले खेलकुद क्षेत्र सरकारको प्राथमिकतामा पर्न नसकेको बताएका छन् । वार्षिक बजेटमा शून्य दशमलव १६ प्रतिशत रकम मात्र विनियोजन भएको भन्दै यसले खेलकुद क्षेत्र प्राथमिकतामा नपरेको स्पष्ट हुने उनले बताए ।

विराटनगरमा दुई दिने खेलकुद अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सदस्यसचिव सिलवालले अन्तर्राष्ट्रिय खेलमा जित र पदकको अपेक्षा खेलाडी, प्रशिक्षक सबैले राख्ने भए पनि लगानी भने न्यून हुने गरेको गुनासो गरे । उनले भने, ‘न्यून लगानीबाट धेरै प्रतिफलको अपेक्षाको अर्थ के हुन्छ ? यद्यपि १३ औं सागमा नेपालले ५१ वटा स्वर्ण हात पारेपछि तीन तहकै सरकारको चासो भने खेलकुदप्रति बढेको उनले बताए । सदस्यसचिव सिलवालले खेलकुद क्षेत्रभित्रै पनि एक अर्काबीच खुट्टा तानातान गर्ने अवस्था रहेको भन्दै यही प्रवृत्तिले खेलकुद गतिविधिमा अवरोध हुँदै आएको बताए । उनले अब प्रशिक्षक, कर्मचारीको समेत कार्यक्षमता मासिक रुपमा नै मूल्यांकन हुने बताए । प्रशिक्षकहरुको सन्दर्भमा नतिजा र मूल्यांकनको आधारमा प्रोत्साहन गर्दै लैजाने उनको भनाइ छ। उनले भने, ‘अब कर्मचारी, प्रशिक्षक, प्रशासनिक पदाधिकारी सबैको कार्यक्षमता मूल्यांकन हुनेछ र ३ महिनाभित्र समायोजन प्रक्रिया अघि बढ्नेछ।’

करिब २५ वर्षपछि काठमाडौंबाहिर खेलकुद विषयगत अभिमुखीकरण कार्यक्रम सुरु गरिएको दाबी गरेका उनले कोभिडपछि शून्य रहेको खेलकुदलाई चलायमान बनाउनुपर्ने बताए। अभिमुखीकरणमा प्रदेश १ का १४ जिल्लाबाट प्रशिक्षक, कर्मचारी, खेलाडीहरूको उपस्थिति रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]