२७ कार्तिक २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, माघ २८, २०७७

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो ३० औं स्थापना दिसको अवसरमा उत्कृष्ट काम गरेको भन्दै २१ कर्मचारीलाई पुरस्कृत गरेको छ।

अनुसन्धानकर्ता पुरस्कारतर्फ २ जना र अख्तियार सेवा पुरस्कारतर्फ १९ जना गरी २१ जनालाई पुरस्कृत गरिएको अख्तियारले जनाएको छ। सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने र प्रहरी निरीक्षक राजु अधिकारीले अनुसन्धानकर्ता पुरस्कार प्राप्त गरेका हुन्। त्यसैगरी अख्तियारमा कार्यरत सहसचिव नारायणप्रसाद सापकोटा, शिवकुमार कार्की, उपसचिव झनककुमार खत्री, नारायणप्रसाद दाहाल, मेघनाथ रिजाल, शिवराज रेगमी, उपन्यायाधीवक्ता धर्मअवतार कोइराला, इन्जिनियर महेशप्रसाद यादव अख्तियार सेवा पुरस्कारबाट पुरस्कृत भएका हुन्। यस्तै डिएसपी मोहनकुमार थापा, संजयसिंह थापा, केशव भट्टराई, शाखा अधिकृत कृष्णबहादुर दाहाल, कुलचन्द्र पराजुली, सुरेशचन्द्र अधिकारी, रामकृष्ण पाठक, इन्जिनियर रजल श्रेष्ठ, ज्योति तामाङ, नापी अधिकृत प्रशान्त घिमिरे, नासु कुमारी तामाङ पुरस्कृत भएका हुन्।

अनुसन्धानकर्ता पुरस्कार पाउनेलाई २५ हजारसहित ताम्रपत्र र अख्तियार सेवा पुरस्कार पाउनेलाई २० हजारसहित ताम्रपत्र दिइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कार हस्तान्तरण गरेकी थिइन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]