०८ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, माघ २८, २०७७

काठमाडौं । निजी क्षेत्रमा सञ्चालित हवाई क्षेत्रको अग्रणी संस्था यती एअरलाईन्सले आगामी मार्चदेखि पूर्ण क्षमतामा विमान सञ्चालन गर्ने भएको छ ।

कोभिड–१९ को बन्दाबन्दीपछि आन्तरिक उडानमा यतीले ३ वटा ‘एटीआर–७२’ र दुईवटा जेट स्ट्रिम विमानमार्फत उडान सञ्चालन गर्दै आएको यतीले आगामी मार्चदेखि पाँचैवटै एटिआर विमानलाई पूर्ण क्षमतामा सञ्चालन गर्न लागेको हो ।एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले यतीको बजार हिस्सा कायम राख्दै आगामी दिनमा बजारलाई थप विस्तार गर्दै लैजान लागिएको जानकारी दिए । “यती एअरलाइन्स प्रति यात्रुको विश्वास कायम राख्दै उडान सेवा र सञ्जाल विस्तार गर्न हामीले चाँडै नै ‘एटीआर–७२’ विमानसमेत थप गर्न लागेका छौँ ”–प्रवक्ता बर्तौलाले भने । यो संगै यती संग ६ वटा एटीआर–७२ र ५ वटा जेट स्ट्रिम विमान हुनेछ ।

पूर्ण क्षमतामा सञ्चालन गर्न लागेको यतीले दैनिक पोखरा ७, विराटनगर ५, भैरहवा ३, नेपालगञ्ज २, जनकपुर २, सिमरा ४, तुम्लिङटार २, भद्रपुर २ र माउण्टेन फ्लाईटका लागि २ वटा उडान भर्न लागेको हो । सबै भन्दा धेरै गन्तब्यहरुमा उडान भर्दै आएको यती एअरलाइन्स र भगिनी संस्था तारा एअरले यो संगै दैनिक १०० भन्दा भन्दा बढि उडान गर्ने एअरलाइन्सल जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]