१९ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, माघ २८, २०७७

पाँचथर । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उद्गमखण्डमा कालोपत्रेको काम सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आज शिलान्यास गरेका छन् । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उद्गमखण्ड याङ्वरक गाउँपालिका–१ च्याङ्थापूबाट काम शुरु गरेको छ ।

मन्त्री नेम्वाङले मध्यपहाडी लोकमार्गको ५१ किलोमिटरको थर्पु–चिवाभञ्ज्याङ खण्ड कालोपत्रेको शिलान्यास गरेका हुन । बाँकी खण्डको यसअघि नै कालोपत्रे भइसकेको भए पनि उद्गम खण्डको कालोपत्रे हुन सकेको थिएन । पुष्पलाल राजमार्ग आयोजनाका निर्देशक दीपक केसीका अनुसार मन्त्री नेम्वाङको पहलमा बजेट सुनिश्चित भएपछि कालोपत्रेको बोलपत्र सम्पन्न भएको हो ।आयोजना कार्यालय फिदिमका प्रमुख सुरेश न्यौपानेका अनुसार कूल रु दुई अर्ब, ३१ करोड, ६१ लाख लागतमा यो खण्डको कालोपत्रे हुन लागेको हो । साधारण मार्ग खोल्ने काम भने एक दशकअघि नै सम्पन्न भइसकेको छ । तीन प्याकेजमा विभाजन गरी ठेक्का लगाइएको छ ।

पहिलो खण्ड १६ किमी ठेक्का रोशन–शिव शक्ति जेभी मकवानपुरले रु ५३ करोड १७ लाख ९५ हजारमा लिएको छ । दोस्रो खण्ड १७ किमी ठेक्का सन्तोषी–शिव शक्ति जेभी भकवानपुरले रु ४६ करोड ४६ लाखमा तथा तेश्रो खण्ड १८ किमी ठेक्का रोशन—शिव शक्ति जेभी मकवानपुरले नै रु ४७ करोड ३७ लाख १७ हजारमा लिएको छ । दुई वर्षभित्र कालोपत्रे सम्पन्न गर्ने लक्ष्यसहित कालोपत्रे निर्माण शुरुआत भएको हो । पाँचथरमा मध्यपहाडी लोकमार्ग १११ किमी छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]