१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, आश्विन ३०, २०७७

सप्तरी,३०असोज:अघिल्लो साता सर्लाहीको रामनगर–७ सिसौटको चमार बस्तीमा सामान्य विषयमा भएको झगडा कुटाकुटमा परिणत भएको थियो । ६० वर्षीय महेन्द्र राम गम्भीर घाइते भएका थिए। दीर्घरोगीसमेत रहेका उनको उपचारका क्रममा असोज २२ गते मृत्यु भयो ।

आफ्ना कार्यकर्ताको कुटपिटबाट ज्यान गएको भन्दै कांग्रेसले ११ जनाको नाम किटान गरेर प्रहरीमा उजुरी दर्ता गराउन खोज्यो । प्रहरीले लिन मानेन । कांग्रेसले प्रहरीमाथि दबाब दिन मृतकलाई सहिद घोषणा र घटनामा संलग्नलाई पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने माग राखी बुधबार प्रदर्शन गर्‍यो । प्रदर्शनमा सहभागी कार्यकर्तासहित जाहेरी लिएर जाँदा प्रहरीसँग झडप भयो । घटनामा १७ प्रदर्शनकारी र ३२ सुरक्षाकर्मी घाइते भएका थिए।
प्रदर्शनकारीतर्फ घाइतेमा अधिकांश महिला छन् । दुईको हात र एक जनाको खुट्टा भाँचिएको छ । रामका परिवारले अझैसम्म शव बुझेका छैनन् । शव वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमै छ । दोषीमाथि कारबाही नभएसम्म शव नबुझ्ने कांग्रेसको अडान छ । यो घटनामा कांग्रेसले राजनीतिक रंग दिन खोजेको सत्तारूढ नेकपाको आरोप छ । सर्लाही क्षेत्र नम्बर ४ मा यस्ता घटनामा पहिलेदेखि नै राजनीति हुँदै आएको छ । यहाँ एक पक्षले अर्को पक्षलाई फसाउने र राजनीतिक रिसिइबी साँध्दै आएको छ । यस्तोमा प्रहरी पनि दबाबमा पर्ने गरेका छन् । गत असार ११ मा रामनगर–४ का ५५ वर्षीय रामजलमको शव शंकास्पद अवस्थामा फेला पर्‍यो ।

फेला परेको वडाध्यक्ष नरेश महतोले प्रहरीलाई खबर गरे । घटनामा अनुसन्धान गरिरहँदा प्रहरीले वडाध्यक्ष महतोलाई नै नियन्त्रणमा लियो । कांग्रेसबाट निर्वाचित उनी हाल पुर्पक्षका लागि कारागारमा छन् ।

प्रहरीले सत्तापक्षको दबाबका कारण वडाध्यक्षलाई पक्रेर जेल चलान गरेको दाबी रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णकुमार वर्माको छ । यही घटनामा पटकपटक कांग्रेस र नेकपाका कार्यकर्ताबीच झडप भइसकेको छ । दुई वर्षअघि वडाध्यक्ष महतोका काका रामविलासको हत्यामा नेकपाका कार्यकर्ता जेल चलान भएपछि उनीहरूको डिजाइनमा वडाध्यक्ष महतोलाई फसाइएको वर्माको आरोप छ । विभिन्न स्वार्थसँग जोडिएर दलका नेता कार्यकर्ताबीच पटकपटक झडप र भिडन्त भइसकेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]