०८ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, माघ २८, २०७७

रुपन्देहीको भैरहवामा आजबाट नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता सुरु भएको छ। रुपन्देही क्रिकेट संघको आयोजनामा प्रतियोगिता सुरु भएको हो। सिद्धार्थ रंगशालामा आज भएको डिभिजन बी अन्तर्गतको खेलमा प्रोफेसनल मास्टर्स ११ ले स्टार क्रिकेट क्लबलाई ३ विकेटले पराजित गर्दै जित निकालेको छ।

टस जितेर ब्याटिङ गरेको स्टारले निर्धारित ४१ ओभरको खेलमा अलआउट हुँदै १६१ रन बनायो। उसका लागि अनिल थापाले ४३ र ईश्वर ज्ञवाली नटआउट ३८ रन बनाए। बलिङमा प्रोफेसनलका जयप्रसाद यादवले सर्वाधिक ५ विकेट लिए। यस्तै, अनिल जैसवारले २ विकेट लिए।जवाफी ब्याटिङ गरेको प्रोफेसनलले ३५ ओभरमा ७ विकेट क्षतिमा १६२ रन बनाउँदै लक्ष्य पूरा गर्यो। उसका लागि प्रमिस थापाले ४३ र अनिल जैसवारले ३० रन बनाए। बलिङमा स्टारका महेश पटेलले ३, जय गोदार र मौसम ढकालले समान २-२ विकेट लिए। म्यान अफ द म्याच जयप्रकाश यादव घोषित भई पुरस्कृत भए। बिहीबार डिभिजन बी अन्तर्गत गोलपार्क क्रिकेट क्लब र बुटवल युथबीच प्रतिस्पर्धा हुनेछ।प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन्। यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५-५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष प्रशान्तविक्रम मल्लले जानकारी दिए।

प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य प्रमोद यादवले खेल क्षेत्रको विकासमा राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिए। उनले लामो समय रोकिएको खेलकुदले पछिल्लो समय निरन्तरता पाउँदा खेलाडीहरु उत्साहित भएको जनाए। रुपन्देहीले क्रिकेट खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेलेकाले यहाँ बनिरहेको रंगशाला छिटो सम्पन्न हुनुपर्ने उनले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]